वीरगंज, १४ जेठ । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले न्यायिक प्रक्रियाप्रति आफ्नो उच्च सम्मान प्रकट गर्नुभएको छ ।
सञ्चारमाध्यमहरूबाट जानकारी पाउनासाथ उहाँ बुधबार बिहान ९ बजे नै अदालतमा स्वयं उपस्थित हुनुभएको हो ।
उहाँले न्यायिक निकाय र कानुनप्रति आफ्नो पूर्ण भरोसा रहेको सन्देश दिनुभएको छ ।
तथ्यभन्दा बाहिरको प्रचारप्रति चासो र चिन्ता :
नगर प्रमुख सिंह स्वयं अदालतमा उपस्थित भइसकेको अवस्थामा पनि केही सञ्चारमाध्यमहरूले "पक्राउ पुर्जी" वा "फरार" जस्ता भ्रमपूर्ण र अतिरञ्जित शब्दहरू प्रयोग गरी समाचार सम्प्रेषण गरेको भन्दै यतिबेला पत्रकारिताको आचारसंहितामाथि गम्भीर प्रश्न उठेको छ ।
समाजमा भ्रम सिर्जना गर्ने र व्यक्तिको चरित्र हत्या गर्ने खालका सनसनीपूर्ण शीर्षकहरूले सञ्चारगृहकै विश्वसनीयता र निष्पक्षतामा आँच पुर्याउने जनविश्वास रहेको छ ।





प्रतिक्रिया