ads
neelambads

कांग्रेस खुला महिला केन्द्रीय सदस्यमा ९१ वर्षकी महानगरपालिकाका उप प्रमुख शान्ति कार्की पराजित


बीरगंज ५ पुस ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सबैभन्दा जेठो उमेरकी उम्मेदवार तथा बीरगंज महानगरपालिकाका उप प्रमुख शान्ति कार्की पराजित हुनु भएकाे समाचार छ । 

९१ वर्षकी कार्कीले महिला खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन् । आज सोमबार सार्वजनिक महिला खुला केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा कार्कीले २६० मत पाएर २७ औँ नम्बरमा परिन् गएकी छिन। 

पार्टी कार्यालय सानेपामा भएको मतगणनामा डिलाले संग्रौलाले सबैभन्दा धेरै लोकप्रिय मत २८८५ मत ल्याइन् । त्यस्तै पुष्पा भुसालले २७१८ मत ल्याइन् । कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवा २५३६ मत ल्याएर निर्वाचित भइन् ।

त्यस्तै अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाईं २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४, रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भएकि छिन । भने कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा ९ जनाको लागि ३० जना चुनावी मैदानमा रहेका थिए । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads