ads
neelambads

बीरगंजकाे पटेल नवलपरासीमा लागूऔषध सहित पक्राउ


नवलपरासी २८ मंसिर । कावासोती नगरपालिका - १६ चालिस किलोको जंगलस्थित सडकबाट पर्सा वीरगंज उपमहानगरपालिका - १४ पिप्राहा बस्ने ५१ वर्षीय अमर पटेल समेत २ जनालाई नियन्त्रित लागूऔषध ६४ एम्पुल नुफिन, ६४ एम्पुल डाईजेपाम, ६४ एम्पुल फेनारगन र ३० ट्याब्लेट नाईट्राभेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

अन टेस्ट लु.अ.अ.म. ९८०४ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा कारमा लुकाई ल्याएको उक्त लागूऔषध सहित कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads