ads
neelambads

निलम्बित सांसद राैनियारद्वारा पाेखरीयाका नगर प्रमुख राैनियारकाे गलत प्रचारकाे भण्डाफाेर


बीरगंज १४ पुस । पर्साका निलम्बित सांसद हरीनारायाण रौनियारले प्रमुख प्रशासकिय अधिकृत मोहमद शेरे मुस्तुफालाई संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयमा पत्र पठाएर बोलाउन बारम्बार केही महिना अगाडी देखि नै दवाव दिइदै आएको पोखरीया नगरपालिकाका प्रमुख दिपनारायाण रौनियारले आज यस राष्ट्रिय दैनिक जन समर्पितलाइ आफ्नो मोवाइलबाट फोन गरी जानकारी गराउनु भएको छ । 

उक्त कुरा नमाने पश्चात पोखरीया नगरपालिकाको कार्यालयलाइ नै बदनाम गराउनुकोसाथै म नगर प्रमुखलाइ समेत भ्रष्टाचारी बनाइ निलम्बित सांसद राैनियारकाे लगानीमा संचालनमा रहेकाे रेडियाे शानबीकाे वेबसाइट मार्फत बिभिन्न किसिमको गलत प्रचार गराउदै आएको उहाँले बताउनु भयो ।

साथै उहाँले निलम्बित सांसद रौनियारले पोखरीया नगरपालिकामा कुनै किसिमको बिकास समेत नगरेको भन्नु भयो ।

निलम्बित सांसद रौनियार किन र के कति कारणले प्रमुख प्रशासकिय अधिकृत मोहमद शेरे मुस्तुफालाई संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयमा पत्र पठाएर बोलाउन बारम्बार केही महिना अगाडी देखि नै दवाव दिइदै आएका हुन म अहिले सम्म बुझ्न नसकेको उहाँले जनाए ।

बिभिन्न माध्यमबाट बिभिन्न प्रकारको दबाव दिइएता पनि म नमाने पश्चात निलम्बित सांसद रौनियारले आफ्नो पहुँचबाट मन्त्रालयबाट मुस्तुफा शेरेलाई पोखरिया नगरपालिकामा ल्याउन प्रयास गरी रहेका छन । 

हाल पाेखरीया नगरपालिका कार्यालयमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत संदेश यादबकाे साथी नै रहनु भएका अर्का प्रमुख प्रशासकिय अधिकृत मुस्तुफा शेरेसँग टेलिफाेनमा कुराकानी हुँदा शेरे मुस्तुफाले साे बारेमा मलाइ केही जानकारी नै नरहेकाे जनाए । 

उक्त कुरा प्रमुख प्रशासकिय अधिकृत यादवले नगर प्रमुखलाइ जानकारी समेत गराएकाे कुरा पाेखरीया नगरपालिकाकाे प्रमुख राैनियारले यस दैनिकलाइ समेत बताउनु भयाे ।






Post a Comment

Previous Post Next Post
neelambAd
ads