ads
neelambads

अत्यधिक जाडोको कारण कठ्याङ्ग्रिएर एकको मृत्यु


वीरगंज
 २३ पुस । अत्यधिक जाडोको कारण कठ्याङ्ग्रिएर पर्सामा थप एक जनाको मृत्यु भएको समाचार छ । 

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ को रङ्गपुर टाडीमा अस्थायी रुपमा बस्दै आएका लमजुङ जिल्लाको बेसी शहर नगरपालिका निवासी ७० वर्षीय टिकाराम थापाको गएराति जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विजय गैरेले जानकारी दिनुभयो । 

रङ्गपुरटाडी बजारको एक घरको पालीमा थापा दम्पतीले आश्रय लिँदै आएको र पालीमा सुतेकै स्थानमा आज बिहान उनको मृत्यु भएको गैरेले बताउनुभयो । 

श्रीमानको मृत्यु पछि बेसहारा बनेकी मृतककी श्रीमती ६१ वर्षीया अम्बिका थापालाई समेत आश्रयका लागि प्रहरीको जिम्मा लगाई वीरगंज पठाइएको गैरेले बताउनुभयो । 

मृतक थापाको शवको पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले बताउनुभयो ।



Post a Comment

Previous Post Next Post
neelambAd
ads