ads
neelambads

बीरगंजमा भब्यता पुर्वक श्री श्याम फाल्गुन होली महोत्सव १७ र १८ फ़रवरीमा मनाउने तैयारी

 

बीरगंज २१ माघ । श्री श्याम परिवार बीरगंजले श्री श्याम प्रभुको आफ्नो २६ औं वार्षिकोत्सव बीरगंजको  आदर्श नगर स्थित रहेको टिवडेवाल धर्मशालामा भब्यता पुर्वक मनाउने तैयारी गरेको छ । 

२६ औं वार्षिकोत्सव कार्यक्रममा श्याम प्रभुलाई “बागा यात्रा” गरीनुको साथै बागा चढ़ाउदै १५ र १६ फ़रवरी बिहान ७ बजेदेखि प्रभात फेरी बीरगंज नगरमा गरीने र १७ फरवरी देखी विधिवत दुइ दिवसीय कार्यक्रम शुरु गरिने श्री श्याम परिवार बीरगंजले जनाएको छ ।

१७ फरवरी बिहान ९ बजेदेखि अखंड पाठ र साँझ ६ बजेदेखि भजन किर्तन संजय मितल र लव अग्रवालले गर्ने भएका छन ।

भने १८ फरवरी बिहान १० बजे देखि भजन किर्तन प्रेरणा मितल, केमिता राठोर र प्रवेश शर्माले गर्ने हुने भएको छ ।

त्यसैगरी दिउसो ३ बजे देखि फुलको होली र साँझ ६ बजे दखि महाप्रसाद बितरण गरीने कार्यक्रम तय गरिएको छ । भने उक्त कार्यक्रममा निशान यात्रा,अखंड पाठ, भारतबाट आएका अन्तराष्ट्रिय स्तरका भजन प्रवाहकद्वारा भजन कीर्तन र फूलको होली खेलिने संस्थाका सचिव डा. बिजय अग्रवालले जनाए ।

संस्थाका अध्यक्ष रमेश केडिया, वरिष्ठ सदस्य रवि शर्मा र पवन केडियाले साे श्री श्याम फाल्गुन होली महोत्सव कार्यक्रमको महत्व बारे प्रकाश पार्नुको साथै होली पर्वकाे  शुभकामना आदन प्रदान गर्ने कार्यक्रम रहेको छ ।

भने आज श्याम परिवार बीरगंजको बीरगंजमा बसेको बैठकमा सचिव डा. अग्रवालले कार्यक्रमको विस्तृत रूपरेखा बारे जानकारी गराएका थिए। उक्त बैठकमा श्याम परिवारका सदस्य र भोलेन्टियहरूको बिशेष उपस्थिति रहेको थियो ।

साथै संस्थाका सचिव डा. अग्रवालले सम्पुर्ण महानुभावहरूलाइ तनमन धनले सहयोग गरी उक्त महोत्सवलाई  भब्यता पुर्वक सफल बनाउनलाइ आग्रह समेत गर्नू भएको छ ।

सो बैठक मोहित अग्रवाल र पीयूष अग्रवालको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads