ads
neelambads

भारु चार लाख ४९ हजारसहित दुईजना भारतीय पक्राउ

रौतहट, १९ पुस ।
जिल्ला प्रहरी कार्यालय, रौतहटले करीब साढे पांच लाख भारुसहित दुईजना भारतीयलाई पक्राउ गरेको जनाएको छ ।
सोमवार गौर नगरपालिका–१ चेकपोस्टबाट नगद बोकेर नेपालतर्फ आइरहेका बिहार, मोतीहारीको गोपालपुर बल्हाचोक बस्ने आजादकुमार मालाकार र ३२ वर्षीय सञ्जीवकुमार तिवारीलाई चेकजांच गर्ने क्रममा उनीहरुको साथबाट ४ लाख ४९ हजार पाँचसय बरामद भएको जिप्रका, रौतहटले जनाएको छ ।
बिआर०४एएन–१५९० मोटरसाइकलमा चढेर नेपालआइरहेका दुवैमाथि शंका लागि चेकजांच गर्दा उनीहरुको साथबाट उक्त रकम बरामद भएपछि कारबाइको लागि पथलैया राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जिप्रका, रौतहटले जनाएको छ । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads