ads
neelambads

आर्थिक मन्दीका कारण पर्साकाे बजार बन्न थाल्याे सुनसान

 

बीरगंज १२ चैत्र । पर्साको मुख्य बजार घण्टाघर, माइस्थान र आदर्शनगरको मुख्य सडकमा रहेको महङ्गो सटर भाडामा लिइ कामदारहरू बहाली गरी ब्यवसाय संचालन गरेको भए पनि चाहे अनुकुल ब्यवसाय संचालन हुन सकेको छैन ।

भने बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण पर्साका मुख्य बजार घण्टाघर, माइस्थान र आदर्शनगरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो । 

कोरोनाले थलिएको पर्साको व्यापार व्यवसाय फेरि बैंकहरुले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्युन हुँदै गएको हो । 

भारतीय बजार रक्शौलसँग जोडिएको पर्साको व्यापारले प्रतिष्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्य भन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण पर्साको मुख्य बजार घण्टाघर, माइस्थान र आदर्शनगरको व्यापार कम हुँदै गएको व्यापारीहरुले जनाए । 

आर्थिक संकट बढ्दै गएका बेला सरकारले चासो नदिएको व्यापारीहरुको आरोप छ । आर्थिक मन्दीमा पनि सरकारले आवश्यक चासो नदेखाउँदा व्यापार धराशायी भएको व्यापारीहरूले बताएका छन । 

उनले अनलाईन व्यापार र सरकारको नीतिकै कारण व्यापार न्युन हुँदै गएको भन्दै विगतका वर्षमा व्यापारको तुलनामा यो वर्ष व्यापार नभएपछि समय काट्न पनि समस्या भएको जनाएका छन । 

खुला सीमा र भारतीय बजारबाट क्यारिङ गरेर मालवस्तु नेपाल भित्र्याउने चलनले पर्साको मुख्य बजार घण्टाघर, माइस्थान र आदर्शनगरको व्यापारमा कमी आएको व्यवसायीले बताएका छन । 

उनले अहिलेसम्म धेरै नै घाटा भइसकेको भन्दै सिमानामा कडाई गर्नुपर्ने माग गरिन् । 

आर्थिक संकट बढ्दै जानु र व्यापारीहरुलाई एलसी सिस्टमबाट गएर सामान आयात गर्नुपर्ने झन्झटले गर्दा पर्साको व्यापारको स्थिति निकै कमजोर हुँदै गएको उनीहरुको गुनासो छ ।  

बीरगंज उधोग बाणिज्य संघका एक सदस्यले भन्नु भयो व्यापार व्यवसाय अत्यन्तै कम हुँदै गएको बताए । उनले पर्साको व्यापार कम हुनुमा बैंकहरुले व्यवसायीहरुबाट चर्को ब्याज लिनु र विकास निमार्णका कार्यहरु ठप्प हुनु रहेको जनाए । 

व्यापारीहरुले लिएको कर्जामा बैंकहरुले एक्कासी दोब्बरको हिसावले ब्याज नबढाएर सहुलियत दरमा ब्याज लागाइनुपर्ने र अनलाइन व्यापार खुला सिमानामा सरकारले कडाई गर्नुपर्ने व्यापारीहरुको माग छ । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads