ads
neelambads

प्रहरीमा आर्थिक अनियमितताको प्रमुख कारण घुमुवा प्रहरीको विकृतिकाे अन्त्य

 

बीरगंज ८ चैत्र । हाकिमको प्रिय घुमुवा प्रहरी सूचना संकलनका नाममा पैसा उठाउन परिचालन हुने गरेका कारण

घुमुवा प्रहरीका विकृति बढेको भन्दै आइजीपी धिरज प्रताप सिंहले विकृति अन्त्य गर्ने थालनी गरेकाे समाचार छ ।

सूचना संकलनकालागि सादा पोसाकमा खटिने प्रहरीको गैरव्यावसायिक गतिविधि रोक्न नयाँ कार्यविधि बनाएका छन । 

असल चालचलन भएका प्रहरीलाई मात्र सादा पोसाकमा खटाउन लागिएको छ ।

तत्कालीन डीआइजी टेक प्रसाद राई नेतृत्वको एक अध्ययन समितिले यससम्बन्धि प्रतिवेदन बनाएर कार्यविधि संशोधनको सुझाव दिएको थियो । 

सोही आधारमा घुमुवा परिचालनलाई व्यवस्थित बनाउन लागिएको हो ।

जसमा पछिल्लो चार वर्षको ‘ट्रयाक रेकर्ड’ हेरेर असल चालचलन भएका कर्मचारीलाई मात्र सादा पोसाकमा खटाउने रहेकाे तयारी छ । 

सादा पोसाकमा खटाउनुअघि माथिल्ला निकायबाट त्यसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

जिल्ला प्रहरी कार्यालयले पहिला प्रदेश प्रहरी कार्यालयलाई त्यसबारे जानकारी गराएर स्वीकृति लिनुपर्ने हुन्छ । नियमन हुने र पारदर्शिता पनि हुने भएकाले यस्तो लागू गर्न लागिएको छ । हाल कार्यालय प्रमुखले आफूनिकटका प्रहरीलाई सादा पोसाकमा खटाउने गरेका छन् ।

सादा पोसाकमा खटिने कर्मचारीका कारण संगठन बदनाम नहोस् भनेर यसमा सुधार थालिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । 

प्रतिवेदनका आधारमा सादा पोसाकमा प्रहरी परिचालनसम्बन्धी कार्यविधि संशोधन गरिएको छ ।

सादा पोसाकमा कार्यरत प्रहरीहरू पटक–पटक आफैँ अपराधमा संलग्न हुँदै आएका छन् । घुमुवा प्रहरीसमेत भनिने उनीहरूका कारण प्रहरी बदनाम हुँदै आएको छ । 

सादा पोसाकमा प्रहरी परिचालनलाई व्यवस्थित बनाउन विगतमा धेरैपटक प्रयास भए पनि सफल हुन सकेको छैन । प्रहरीका हाकिमहरूले व्यक्तिगत स्वार्थकालागि सादा पोसाकका प्रहरीलाई परिचालन गर्दै आएका छन् ।

 सूचनासँगै आर्थिक लेनदेनमा पनि संलग्न हुने कारण सादा पोशाकका प्रहरी विवादमा पर्ने गरेका छन् ।

एक प्रहरी अधिकारीका अनुसार खासगरी तराईका जिल्लामा घुमुवा विकृति धेरै छ । 

कतिपय कार्यालयमा १० वर्षदेखि एउटै प्रहरी घुमुवाका रूपमा कार्यरत छन् । जहाँ सरुवा भए पनि काज मिलाएर त्यहीँ बस्ने प्रवृत्ति छ ।

धेरैजसो हाकिमलाई आर्थिक संकलनका लागि इमानदारभन्दा पैसा उठाउन सक्ने प्रहरी चाहिने र उनीहरूले त्यस्तै खराब संगत भएका प्रहरीलाई रोज्ने गरेका छन् । 

कतिपय अवस्थामा आइजिपीले नै तराईमा घुमुवा खटाउने गरेको स्रोत बताउँछ । त्यस्ता प्रहरीकै कारण समग्रमा प्रहरीको इन्टेलिजेन्स बदनाम हुन पुगेको छ । 



Post a Comment

Previous Post Next Post
neelambAd
ads