ads
neelambads

समाजसेवी हिरालाल साह कलवारलाइ भोली बीरगंजमा कलवार कल्याण समितिद्वारा सम्मानित गरीदै

 

बीरगंज ८ भदौ । समाजसेवी हिरालाल साह कलवारलाइ भोली ९ गते शनिवार कलवार कल्याण समितिको सभाहलमा कलवार कल्याण समिति पर्साले सम्मान गर्ने कार्यक्रम रहेको कुरा समाजसेवी कलवारका छोरा सुन्दर साह कलवार (अजय) ले यस दैनिकलाइ बताउनु भयो । 


समाजसेवी हिरालाल साह कलवार अहोरात्र गरीब निमुखा किसानहरूको हकहितमा भुमिका निर्वाह गरेकै कारण उहाँलाइ भुमि प्रशासन कार्यालय पर्साले २०२६ साल अषाढ ७ गते भुमी सम्बन्धित (चौथो) संशोधन नियमहरू ०२४ को नियम २८ को उप नियम २ बमोजिम अनुसार ग्राम समितिको सदस्य पदमा मनोनित गरिनुको साथै प्रचलित भुमि प्रशासन एेन नियमहरू बमोजिम आफ्नो काम कर्तब्य, जिम्मेवारीलाइ इमान्दारीसाथ बहन गर्न अनुरोध समेत गरेको थियो ।  


भने २०३९ सालमा नेपाल किसान संगठनको प्रारम्भिक कार्य समिति पर्साको निर्वाचनमा हिरालाल साह कलवार निर्विरोध कोषाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो ।


बीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीमा ४० बर्ष अगाडी इदगाह निर्माण गर्ने क्रममा केही जग्गा अपुग हुँदा समाजसेवी कलवारले आफ्नो निजी जग्गा दान गर्नु भएको कुरा समाजसेवी कलवारका छोरा सुन्दर साह कलवार ( अजय ) ले जनाए ।

समाजसेवी कलवारको बुवा स्व. सहोदर साह कलवारले बीरगंज महानगरपालिका वडा नं. २५ बहुअरी चौकको उतर पट्टी रहेको अर्थात परवानीपुर जाने बाटोमा रहेको ब्रम्हस्थान आफ्नो निजी लगानीबाट १ सय ५० बर्ष अगाडी निर्माण गर्नु भएको थियो ।

उक्त ब्रम्हस्थानको जिर्ण अवस्थामा रहेको थियो । सो ब्रम्हस्थानलाइ पुन ०६६ सालमा स्व. सहोदर साह कलवारको छोरा समाजसेवी हिरालाल साह कलवारले निर्माण गर्नु भएको कुरा समाजसेवी कलवारका छोरा सुन्दर साह कलवार (अजय) भन्नु भयो । 

स्व. आमा समुन्द्रि देवीको कोखबाट समाजसेवी हिरालाल साह कलवारको जन्म २००० सालमा पर्सा जिल्लाको रामगढवा गाबिस वडा नं. १ मा भएको थियो । हाल बीरगंज महानगरपालिका वडा नं. २४ बहुअरीमा भएको हो ।

समाजसेवी कलवार र कलावती देवीको बैबाहिक दाम्पत्य जिवनमा ३ छोरा र ५  जना छोरीको जन्म भएको थियो ।

जेठो छोरा मदन साह कलवार माहिला छोरा लालबाबु साह कलवार र कान्छो छोरा सुन्दर साह कलवार रहेका छन । भने छोरी बिदाउती देवी, शान्ति देवी, पानमति देवी, गोदावरी देवी र रिना देवी रहेकी छिन ।


      



Post a Comment

Previous Post Next Post
neelambAd
ads