ads
neelambads

मन्त्री सिहांसन साह कलवारद्वारा जेष्ठ नागरीक एवं समाजसेवी हिरालाल साह कलवार सम्मानित


बीरगंज ९ भदौ । कलवार कल्याण समिति बीरगंजको २४ औं बार्षिक साधारण सभा कार्यक्रम शनिवार कलवार कल्याण समिति बीरगंजको सभालमा सम्पन्न भयो ।

सो २४ औं बार्षिक साधारण सभा कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका खानेपानी, जलस्राेत तथा उर्जा मन्त्री सिहांसन साह कलवारले उक्त साधारण सभाको समुदघाटन गर्नु भएको थियो ।


प्रमुख अतिथी मन्त्री सिहांसन साह कलवारले साधारणा सभामा कलवार जातिका जेष्ठ नागरीक एवं समाजसेवी हिरालाल साह कलवार लगायतलाइ टिका तथा फुलमाला लगाउनुकासाथै गमछा ओढाएर स्वागत सम्मान गर्नु भयो ।

त्यसैगरी कलवार जातिका परीक्षामा उत्कृष्ट  हुने छात्र - छात्राहरूलाइ प्रमुख अतिथी मन्त्री सिहांसन साह कलवार तथा बिशिष्ठ अतिथी माननिय प्रमोद साह, अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, बीरगंज उधोग वाणिज्य संघका पुर्व अध्यक्ष डा.सुवोध क्रमार गुप्ता, नेपाली काँग्रेस पार्टी पर्साका नेता दिना गुप्ता लगायतले छात्र - छात्राहरूलाइ फुलमाल तथा अबिरको टिका लगाएर स्वागत सम्मान गर्नु भएका थिए।  

कलवार कल्याण समिति बीरगंजका अध्यक्ष डा. इनरदेव साह कलवारको अध्यक्ष्तामा कलवार कल्याण समिति बीरगंजको २४ औं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएकाे छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads