ads
neelambads

डा. कोइराला सम्पर्क विहीन, काेइराला चढने कार र माेबाइल भेटियाे सप्तकाेशी पुलमा



बीरगंज ११  भदाै । मोरङ जिल्लाको उर्लाबारी वडा नं. ३ मा रहेकाे मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत डा. प्रज्जवल कोइराला सुनसरी र उदयपुरको सीमा भएर बग्ने सप्तकोशीको पुलमा आफ्नो सवारी साधन छाडेर सम्पर्क विहीन हुनुभएको समाचार छ । 

आइतबार ४ ः ०० बजेसम्म अस्पतालका बिरामीको चेकजाँचमा संलग्न डा. कोइराला राति १२ ः०० बजे सप्तकोशी पुलमा पुगेको सिसिटिभी फुटेजमा देखिन्छ । 

मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरका कर्मचारी केशव न्यौपानेका अनुसार जनरल सर्जन कोइराला साउन २९ गते मात्र करारमा नियुक्ति हुनु भएका थिए ।  

झापाको दमक वडा नं. १ मा स्थायी घर रहेका ३१ वर्षीय कोइराला अविवाहित रहेका छन । 

उता जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार डाक्टर कोइरालाले चढ्ने प्रदेश १ / ०२ / ००२ च ४१६६ नं. काे कार सप्तकोशी पुलको पश्चिम तर्फ रोकि राखेको अवस्थामा छोडिएको छ । 

जुत्ता र मोबाइल पनि कारको छेउमा सडक किनारमा फेला परेको प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी गराए  ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads