ads
neelambads

अख्तियारको टोलीमाथि आक्रमण

 


बीरगंज २३ भदाै । जाजरकोटमा शुक्रबार दिउँसो अख्तियारको टोलीमाथि आक्रमण भएको खबर छ ।

जिल्लाको भेरी नगरपालिका वडा नं. ५ मा निर्मित वडा कार्यालयको भवन निरीक्षण गर्न गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि स्थानीयले आक्रमण गरेका छन ।

अख्तियारका पाँच जना कर्मचारी भवन निरीक्षणमा गएका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार स्थानीय चक्र बहादुर मल्लसहितका ४ जनाको समूहले अख्तियारको टोलीमाथि आक्रमण गरेकाे छ ।

भवन निर्माणको मुचुल्कामा सही गर्ने विषयमा विवाद हुँदा अख्तियारको टोलीमाथि आक्रमण भएको जनाएको छ ।

आक्रमणबाट अख्तियारका कर्मचारी सवार गाडीका चालक मान बहादुर ठाडा मगर घाइते भएका छन् । भने आक्रमणमा संलग्न मल्लसहित तीन जनालाई पक्राउ गरेको जाजरकोट प्रहरीले जनायाे । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान शुरू गरेकाे  छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads