ads
neelambads

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछाने ८ गते बीरगंज आउँदै

 


बीरगंज ७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले बीरगंज स्थित रहेको क्लासिक ब्यान्केटको सभाहलमा जिल्ला कार्यकर्ता भेला कार्यक्रम शुक्रबार आयोजना गर्ने भएको छ ।

उक्त जिल्ला कार्यकर्ता भेला कार्यक्रमको समुदघाटन बिहान ११ ः ५० बजे राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछानेले गर्नु हुने कार्यक्रम रहेको कुरा पर्साका जिल्ला संयोजक दिलिप कुमार कुर्मीले जनाए ।

उहाँ जिल्ला कार्यकर्ता भेला कार्यक्रमको समुदघाटन गर्नु अगावै बीरगंजको माइस्थान स्थित रहेको प्रसिद्ध गहवा माइको मन्दिरमा ११ ः ३० बजे दर्शन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि बीरगंजको घण्टाघर नजिक रहेको मधेशी शहिदहरूको शालिकमा ११ ः ४० बजे राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति लामिछानेद्वारा माल्यार्पण कार्यक्रम रहेको कुरा मधेश प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन उप प्रमुख प्रमोद कुमारले जानकारी गराउनु भयो । 


 

Post a Comment

Previous Post Next Post
neelambAd
ads