काठमाडौं १ पुस । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपल्ट महिला नेतृत्व पुगेको छ ।
नेपाल प्रेस युनियन–प्रेस चौतारी नेपाल प्यानलबाट प्रतिस्पर्धा गरेकी निर्मला शर्मा ४ हजार २ सय ८२ मतसहित महासंघको अध्यक्षमा विजयी भएकी छन् ।
बागी बनेर उठेका रमेश विष्टले ३ हजार २ सय ३ मत ल्याएका छन् ।
वरिष्ठ उपाध्यक्षमा युनियन चौतारी प्यानलका दीपक आचार्य ४ हजार २ सय ३० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी रोशन पुरीले २ हजार ८ सय ८६ मत ल्याए ।
उपाध्यक्ष महिलामा नितु पण्डितले ४ हजार ७ सय ५ मत ल्याई विजयी भइन् । समावेशी उपाध्यक्षमा उमीदप्रसाद बागचन्दले ४ हजार २ सय ९२ मत ल्याएर निर्वाचित भए ।
त्यस्तै महासचिवमा संयुक्त प्यानलबाटै रामप्रसाद दाहालले ४ हजार ८४ मत ल्याई विजयी भएका छन् ।
अध्यक्ष शर्माको टिममा निर्वाचितमध्ये महिला सचिवमा सोनी शर्मा, सचिव ( आदिवासी ) सविन प्रियासन, सचिव (मधेसी ) अशोक कुमार तिवारी, सचिव ( दलित ) प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली, कोषाध्यक्षमा रामकृष्ण अधिकारी छन् ।
अधिकारी भने अर्को प्यानलबाट प्रतिनिधित्व गर्छन् ।
त्यस्तै, सदस्य ९मधेसी०मा अन्नपूर्णकर्मी राजकरण महतोले ३ हजार ८ सय ९३ मत ल्याई विजयी भएका छन् । बागमतीतर्फको भूगोलबाट नवराज पथिक र नारायणप्रसाद अधिकारी विजयी भएका छन्।
प्रतिक्रिया