भक्तपुरकाे भक्तपुर नगरपालिका वडा नं. २ मा बुवाले चक्कु प्रहार गरेर छोराको हत्या गरेकाे समाचार छ ।
गएराति घरायसी विवादमा अछामको कमलनगर नगरपालिका वडा नं. ६ घर भएर भक्तपुर बस्ने ६३ वर्षीय दीप बहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्र बहादुर शाहीलाई चक्कु प्रहार गरेका हुन् ।
६३ वर्षीय दीप बहादुरले चक्कु प्रहार गर्दा नरेन्द्रको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जनाए ।
हत्यामा संलग्न दीप बहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवाद हुँदा उनले छोरालाई तरकारी काट्ने चक्कु प्रहार गरेका हुन् ।
प्रतिक्रिया