बीरगंज १ पुस । वीरगंज महानगरपालिका वडा नं. १६ स्थित ईनर्वा तथा विभिन्न नाकाबाट १३ लाख ३६ हजार ९३५ रुपियाँ बराबरको सामानसहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको समाचार छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ना ५३ प ९३०६ नम्बरको मोटर साइलमा राखेर तथा अन्य यात्रुवाहक सवारीसाधनमा लुकाईछिपाई ल्याउँदै गरेको कस्मेटिक तथा किराना सामान, मोटरपार्टस, कि – प्याड मोबाइल, मोबाइल एसोसेरिज र लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट डिएसपी सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले उक्त सामान बरामद गरेको छ ।
सामान ल्याउने व्यक्तिहरु भने सामान छोडेर फरार भएका छन् ।
बरामद गरिएका सामानसहित मोटरसाइकल आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको डिएसपी थापाले जनाउनु भयो ।
प्रतिक्रिया