एजेन्सी ५ पुस । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा आज ( शुक्रबार ) नेपालले आज बंगलादेश सँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको बायुमास ओभलमा खेल बिहान पौने १२ बजे शुरु हुनेछ । पाकिस्तानलाई हराएको नेपालले यस अघि खेलका भारत र श्रीलंकाको टोली सँग अंक बाडनु परेको थियो ।
बिहीबार भएको सुपर फोरमा नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भए सँगै नेपालले चार अंक जोडेको थियो भने बंगलादेश पनि चार अंकको हैसियतमा आज नेपाल सँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।
सुपर फोरमा नेपाल सहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंक सहित पहिलो, बंगलादेश ४ अंक सहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंक सहित श्रीलंका चौथो स्थान छ ।
आजको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ। फाइनल भिडन्त आइतबार बिहान हुँदैछ।
प्रतिक्रिया