बीरगंज ११ पुस । नेपाल सरकारले भारतलाइ बिधुत बिक्री बितरण गर्दा भारतिय उधाेगमा पटक पटक बिधुत ट्रिपिङ्ग नगराउने प्राधिकरणले स्वदेशी उधाेगमा हुने पटक पटक ट्रिपिङ्गकाे अन्त्य कहिले गर्ने ? भन्ने प्रश्न मजदुर देखी उधाेगपति लगायत सर्वसाधारणले गर्न थालेका छन ।
बीरगंज - पथलैया कोरीडोर केही बर्ष कोभिडले गर्दा उधोग बन्द रहनुले उधोगपतिले घाटा ब्योहोर्नु परेको थियो ।
भने केही बर्ष अघोषित लोडसेडिङ्गले उधोग चलायमान हुन नसकेका कारण उधोगपतिले बैंकको ब्याज समेत तिर्न नसकेर उधोगमा कार्यरत रहेका मजदुरको संख्या कटौती गर्नु परेको थियो ।
अहिले पनि देशमा राम्रो आर्थिक चलायमान नरहेको अवस्थामा उधोग ब्यापार फष्टाउन सकेको छैन ।
त्यस अवस्थामा पनि नेपाल बिधुत प्राधिकरणले बीरगंज - पथलैया कोरीडोरमा पटक - पटक बिधुत लाइन ट्रिपिङ र लो भोल्टेजका कारण उद्योगमा उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रने गरेकाे छ ।
उत्पादन गर्न नसकेकाले बजारमा मालवस्तुको अभाव हुने तथा अन्य विविध प्रकारका नोक्सानी व्यहोर्नु परेको छ ।
घण्टौँ लगाएर कतिपय वस्तुको उत्पादन हुन्छ बीचमै विधुत गएर ती वस्तु उत्पादन नभई फाल्नु पर्ने हुन्छ जसले लागत समेत बढ्न गएकाे उधाेगी ब्यवसायीले जनाए ।
बीरगंज - पथलैया कोरीडोरमा पटक - पटक बिधुत लाइन ट्रिपिङ र लो भोल्टेज भएकै कारण उद्योग संचालनमा समस्या आएको बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले जनाए ।
उहाँले पटक पटक सरकारमा रहेकाे पदाधिकारीलाइ बीरगंज - पथलैया काेरीडाेरकाे समस्या अवगत गराउन समेत पछि नपरेकाे बताए ।
साथै केही दिन अगाडी चिन भ्रमणकाे समयमा पनि प्रधानमन्त्रीकाे सल्लाहाकारलाइ जानकारी गराएकाे यस दैनिकलाइ जनाए।
अर्कोतर्फ सरकारले उधोगलाइ चाहिने कच्चा पदार्थ भारत तथा अन्य देशबाट अायतमा लाग्ने भन्सार महशुल्क घटाएकाे छैन ।
त्यस अवस्थामा पनि भारतिय उत्पादनसँग हाम्रो स्वदेशी उधोगले कसरी प्रतिस्पर्धा गर्ने ? बीरगंज - पथलैया कोरिडोरमा कार्यरत रहेका लाखौ मजदुरहरू बेरोजगार भएपछि कसरी आर्थिक चलायमान पर्सा, बारा लगायतको क्षेत्रमा हुन्छ ?
नेपाल सरकारले भारतमा बिधुत बिक्री बितरण गरी भारतिय उधोगको उत्पादनलाइ सहज बनाउने तर हाम्रो स्वदेशी उधोगमा पटक- पटकको बिधुत लाइन ट्रिपिङ र लो भोल्टेज देखिएको समस्यालाइ कहिले ठिक पार्ने हो ?
प्रतिक्रिया