बीरगंज १० पुस । भारतकाे रक्साैलमा रहेकाे नेपाल रेल्बेकाे भवन खण्डहरमा परिणत हुदै भवनकाे झ्याल ढाेकाहरू ग्याब हुनुकासाथै जग्गा र भवन डुबानमा परेकाे छ ।
वि. सं. १९८३ सन् १९२६० मा इष्ट इण्डिया कम्पनी सरकारसँग नेपाल सरकारले लगभग २७ हेक्टर जमिन किनेको थियो ।
जसको पूर्जा अहिले पनि राज्यसँग होला नै । उसबेला भारतीय रेल सेवा पथलैयासम्म आउँथ्यो । भारतसँगको व्यापारमा भारतीय स्टेसन प्रयोग गर्दा चर्को शुल्क तिर्नुपर्ने भएकोले नेपाल सरकारले सो जमिन इष्ट इण्डिया कम्पनी सरकारसँग खरिद गरेको थियो ।
त्यसबेला नेपाली रुपैयाँ ३१ हजार ६२५ मा खरिद गरिएको हो । नेपाल रेल सेवासँग त्यसको प्रमाणिक कागजात अझै रहेको छ । आजभन्दा ३३ वर्ष अगाडि नेपाल सरकारले ‘नेपाल रेलवे’ विघटन गरयो ।
त्यसपछि नेपाल रेलवेको सम्पत्ति नेपाल यातायात तथा पारवहन संस्थानमा गयो । कालान्तरमा यो संस्थान पनि विघटन गरियो । त्यसपछि नेपाल रेलवेको वीरगञ्जको जमिन सरकारले बिक्री गरेकाे थियो ।
तर अहिले सम्म रक्साैलमा रहेकाे जग्गा खण्डहरमा परिणत भएकाे छ । भने झ्याल ढाेकाहरू ग्याब भएका छन । नेपाल सरकारकाे सम्पति अलपत्र रहेकाे छ ।
त्यसलाइ सरकारले सदुपयाेगमा ल्याइ जग्गामा बनेकाे भवनलाइ मर्मत संभार गरीनुकाे साथै खाली रहेकाे जग्गामा तारबार गरी संरक्षण गर्न नेपाली बुद्धिजिवीहरकाे भनाइ रहेकाे छ ।
प्रतिक्रिया