बीरगंज १० पुस । खेतबारीमा कति मात्रामा विषादी छर्कने र विषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्ने ज्ञानको कमीले कतिपय किसानले साे खेतबारीकाे हरीयाे तरकारी तथा फलफुल टिपेर किसानले बजारमा ल्याएर बिक्री बितरण गर्ने गर्छन ।
भने काेही पैसाको कमाउने लालचमा साे खेतबारीकाे हरीयाे तरकारी तथा फलफुल टिपेर किसानले बजारमा ल्याएर बिक्री बितरण गर्छन ।
तर भारतबाट हरियाे तरकारी तथा फलफुल नेपालमा आयत गर्दा भरातीय क्वारेन्टाइन कार्यालयमा साे हरियाे तरकारी तथा फलफुलमा बिषादी परिक्षण गरेर मात्र नेपालमा निकासी गर्न इजजात पत्र दिने प्रवधान रहेकाे छ ।
साेही इजजात पत्र अनुकुल नेपाल भन्सारले भारतबाट मात्र हरीयाे तरकारी तथा फलफुल आयत गर्ने प्रावधान रहेकाे छ ।
उक्त इजाजत पत्र नै नलिइ अर्थात भरातीय क्वारेन्टाइन कार्यालयमा साे हरियाे तरकारी तथा फलफुलमा बिषादी परिक्षण नै नगराइ भारत - नेपालको चाेर नाकाबाट चोरी निकासी गरी नेपालमा भरीयाबाट आयत गरी सिमा नजिक रहेको गोदाममा भण्डारण गर्छन ।
साे गोदामबाट लोकल तरकारीको नाममा ट्रक, बसमा लोड गरी हेटौडा, नारयाणघाट, काठमाण्डौ, पोखरा लगायतको स्थानमा बिषादी परिक्षण नै नगरेकाे हरियो तारकारी तथा फलफुल बजारसम्म पुरयाएर बिक्री बितरण गरी दिन दुना रात चौगुना कमाउन पल्केका छन ब्यापारी ।
एकातिर सिमा नाकामा खटेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरू आर्थिक प्रलोभन फसेका छन । भने अर्कोतिर नेपाल सरकार मौन बस्नाले आम उपभोक्ता बिषादी चेकजाँच नै नगरेकाे हरीयो तरकारी तथा फलफुल बजारबाट किनेर खान बाध्य भएका छन ।
हरीयाे तरकारी तथा फलफुलमा प्रयोग हुने अर्ग्यानोफोस्फेटले अल्जाइमर लगायत मस्तिक सम्बन्धी रोगको जोखिम बढाउने गर्छ । अमेरिकाको क्यालिफोर्नियामा ४ हजार बच्चाहरुमा गरिएको एउटा अध्य्यनले कीटनाशकले बच्चाहरुमा दमको जोखिम उच्च रहेको बताइएको छ ।
बिषादीले प्रजनन स्वास्थ्यमा पनि धेरै नै नकरात्मक असर पार्ने गर्छ । बिषादीको प्रयोगले बाँझोपनको जोखिम उच्च हुने धेरै अध्य्यनले देखाइ सकेको छ । गर्भावस्थाको समयमा बिषादीको प्रयोगले नवजात शिशुमा इस्पाइना बाइफिडा, क्लेफ्ट लिप, क्लबफुट र डाउन्स सिन्ड्रम जस्ता रोग अधिक हुने गरेको धेरै अध्ययनले पुष्टि गरिसकेका छन् ।
क्यान्सर गराउने विभिन्न कारणमध्ये एक हो हामीले हाम्रो खेतबारीमा प्रयोग गर्ने कीटनाशकहरू । हामीले किन्ने तरकारीमा विभिन्न कीटनाशकहरू प्रयोग गरिएको हुन्छ, तीमध्ये आर्सेनिक, इथाइलिन ओक्साइड र लिन्डेन समूह १ कार्सिनजनहरूको रूपमा दर्जा दिइएको छ । कार्सिनजनहरू भन्नाले क्यान्सर गराउन सक्ने सम्भावना रहेको वस्तु भन्ने बुझिन्छ ।
हरेक दिन हामीले खाने तरकारी र फलफूलमा पाइने यी रसायनहरुले क्यान्सर को सम्भावना धेरै नै हुने गरेको छ । बिषादीको प्रयोगले मधुमेह, पार्किन्सन्स र अरु धेरै रोगहरुको जोखिम बढ्ने गर्छ ।
प्रतिक्रिया