महोत्तरी ६ पुस । महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नं. ४ साढा गाउँमा आज बिहान लुटेराको एक समूहले घरधनीको हत्या गरेको समाचार छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको सातरआठ जनाको हतियारधारी समूहले हत्या गरेको जनायाे ।
घरधनीको हत्या गरी लुटेराको समूहले लाखौँ रुपैयाँ बराबरको धनमाल पनि लुटेर लगेका छन् । झाको घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार रुपैयाँ नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।
हत्या गरिएका घरधनी झाकी श्रीमती सामान्य घाइते हुनुहुन्छ । हत्या र अरु सरसामान के कति लुटपाट भएको छ भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनायाे ।
प्रतिक्रिया