बीरगंज २९ पुस । सरकारले दुईजना प्रहरी अधिकारीलाई अतिरिक्त महानिरिक्षक ( एआईजी ) मा बढुवा गरेको समाचार छ ।
यही शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जनाउनु भयाे ।
‘प्रहरी नायव महानिरीक्षकहरू कुवेर कडायत र रवीन्द्र केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरीएकाे छ ।
भने कडायतलाइ नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा र केसीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्रीले जनाए।
प्रतिक्रिया