वीरगंज १६ माघ । बारा जिल्लाकाे विश्रामपुर गाउँपालिका वडा नं. ५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ कालागी एक हजार ११ वटा देवदेवताका मूर्ति धमाधम बनाउने कार्य भइरहेकाे छ।
बनाउन १८ जना कालिगड सहयोगीका रूपमा डेढ महिनादेखि खटिरहेका छन् । एक हजार ११ मध्ये विभिन्न भगवानका लिला समेट्ने खालका मूर्ति तयार पारिदै छ ।
रामलिला, कृष्णलिला, शिवलिला, ५२ अवतार, सूर्य लिला, कुरुक्षेत्र, हुनमानका लिला, भिष्मपीता, लङ्कालगायत एक हजार ११ मूर्ति तयार पारिने भन्दै पौराणिक कथा तथा ग्रन्थका गतिविधिलाई मूर्तिमा समावेश गर्न लागिएको अायाेजकले जनाए ।
मूर्तिकारले सामान्यता सानो मूर्तिको रु एक हजार पाँच सय देखि रु पाँच हजार मूल्य पर्ने भन्दै सोही अनुसार मूर्ति बनाउन लागिएको बताए। उनले एक हजार ११ मूर्ति बनाउन करिब रु २५ लाख रकम लाग्ने अनुमान जानकारी गराए ।
महामहोत्सव महायज्ञ मूल व्यवस्थापन समितिका एक पदाधिकारीका अनुसार महायज्ञ आगामी माघ २४ गते देखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञमा एक हजार ११ मूर्ति बनाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी गराए । “महायज्ञ सामाजिक कार्य गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताए ।
यस महायज्ञ मार्फत सामाजिक कार्य गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको महायज्ञ मूल व्यवस्थापन समितिले जनायाे ।
प्रतिक्रिया