भारतीय बजारबाट अवैध रूपमा भित्र्याएको उक्त मूल्य बराबरको कपडा, कस्मेटिक लगायत किराना सामान बरामद गरी आवश्यक कारबाहीकोलागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीले जनाएका छन ।
भने प्रहरीले ११ जना फरार प्रतिवादीलाइ पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ११ जनालाई पक्राउ गरेका हुन् ।
जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समयदेखि फरार रहेका ११ जना प्रतिवादीलाई जिल्लाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा किर्ते मुद्दाका जमिला शेखिन, जमील अख्तर, शेख अजीज मियाँ दर्जी, ओली महमद, शेख हफिज रहेका छन् ।
त्यससै कुटपिट मुद्दाका महेन्द्र महरा चमार, पुनकलिया देवी, मनिता कुमारी, निलम देवी, उषादेवी राम र बहुविवाह मुद्दाका आरोपी शेख नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर राम कुमार महतोदले सूचनामा उल्लेख गरिएको छ।
पक्राउ परेका सबै ११ जनालाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत गौरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया