विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस बन्याे च्याम्पियन

580

 

बीरगंज ३ माघ । ‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेटको  उपाधि नेपाल पुलिस क्लबले जितेको समाचार छ ।

वीरगंज स्थित नारायणी क्रिकेट मैदानमा बिहीबार भएको फाइनल चरणको तेस्रो तथा अन्तिम खेलमा  त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस च्याम्पियन बनेको हो । 

विभागीय डर्बी पुलिसलाई जिताउन स्पिनरद्वय सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्नुभयो । अन्तिम दिन जितका लागि एक सय तीन रनको मध्यम लक्ष्य पछ्याएको आर्मी २९/ २ ओभरमा ७४ रन जोड्दै अलआउट भएको थियो ।

आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउनुभयो ।  कप्तान विनोद भण्डारी र सोमपाल कामीले ११र११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

आर्मीलाई कमजोर बनाउन बलिङमा पुलिसका सागरले ६ तथा ललितले चार विकेट लिनुभयो । प्लेयर अफ दि म्याच बन्नुभएका सागरले विकेट लिने क्रममा १४/ २ ओभरमा एक मेडनसहित ३५ रन खर्चिनुभयो । 

यस्तै ललितले १५ ओभर बलिङ गर्दै दुई मेडनसहित ३९ रन खर्चिनुभयो । दोस्रो इनिङमा पुलिस एक सय ३९ रनमा अलआउट भएपछि आर्मीले एक सय तीन रनको लक्ष्य पाएको थियो । 

१३२र९ को स्थितीमा तेस्रो दिनको खेल सुरु गरेको पुलिसले सात रन थाप्दै बाँकी एक विकेट गुमाएको थियो । पुलिसका लागि कुशल भुर्लेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन बनाउनुभयो । बलिङमा आर्मीका शाहब आलम र बसिर अहमदले पाँच पाँच विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले १३३ / ९ को स्थितिमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । यसअघि आर्मी दोस्रो दिन एक सय ७० रनमा अल आउट भएको थियो । जसमा आर्मीले ३७ रनको सामान्य अग्रता लिएको थियो ।

नेपाल क्रिकेट सङ्घ ( क्यान ) ले क्यानका संस्थापक जयनरायण शाहको स्मृतिमा आयोजना गरेको जय ट्रफीको यस पहिलो संस्करणमा गत संस्करणको पिएम कप पुरुष क्रिकेटको शीर्ष चार टोली पुलिस, आर्मी, बागमती र मधेश प्रदेशले प्रतिस्पर्धा गरेका थिए ।

राउन्ड रोविन लिगपछि पुलिस र आर्मीले लिग चरणमा शीर्षस्थानमा रहँदै उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय विधामा खेलाइएको हो । 








प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide







Name

business,47,crime,20,entertainment,5,health,11,main news,54,news,32,newspaper,9,politics,42,sports,8,tech,5,world,13,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस बन्याे च्याम्पियन
त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस बन्याे च्याम्पियन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgaYVydwCYZCGtbBFK0rLR2FqIfjX0FhOjBLNtKKfpvWze-JZZJtenhQoG8-5o5ryqigYRS4ZseMJuagfb602QrHVMoCM5DS7uGPnQbNjBWlZwRKyGglYiBlTtMdFS24YhuOkR52hPiaTNlZuvruWQ1rSyGsLAvYfs-ebfMba4t2s5qQflzhCXoO4miLcA/w640-h636/plol.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgaYVydwCYZCGtbBFK0rLR2FqIfjX0FhOjBLNtKKfpvWze-JZZJtenhQoG8-5o5ryqigYRS4ZseMJuagfb602QrHVMoCM5DS7uGPnQbNjBWlZwRKyGglYiBlTtMdFS24YhuOkR52hPiaTNlZuvruWQ1rSyGsLAvYfs-ebfMba4t2s5qQflzhCXoO4miLcA/s72-w640-c-h636/plol.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/01/blog-post_50.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/01/blog-post_50.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content