बीरगंज २ माघ । जिल्ला अदालत काठमाडौँले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा छोड्न आदेश गरेको समाचार छ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहस पछि बुधबार न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सभापति समेत रहनु भएका लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश गरेको हो।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० लगेको प्रहरीको अनुसन्धानमा उल्लेख छ ।
सभापति लामिछाने विरुद्ध पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० बिगो माग दाबी गरेको थियो ।
सभापति लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गर्नुभएको थियो । बचतकर्ताको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र सहायक न्यायाधिवक्ता गणेशकुमार शर्माले जवाफी बहस गर्नुभएका थिए ।
पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. दिनेश त्रिपाठीले बहस गर्नुभएको थियो ।
यसअघि उनलाई सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छोडेका थिए । गत बिहीबार कास्की अदालतबाट छुटेर शनिबार काठमाडौं आउनुभएका लामिछाने आइतबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित हुनुभएकाे थियाे।
थुनछेक बहसपछि बुधबार न्यायाधीश अधिकारीको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अहिले लामिछाने धरौटी बुझाउने तयारीमा थिए।
पोखरामा ८४ दिन हिरासतमा बस्नुभएका लामिछाने चार दिनदेखि काठमाडौं प्रहरी परिसर भद्रकालीको हिरासतमा रहनु भएकाे थियाे।
प्रतिक्रिया