वीरगंज १३ माघ । वीरगंज भन्सार नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा रु २९ अर्ब २७ करोड ८२ लाख ४ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको समाचार छ ।
आव २०८० /८१ को ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् रु १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगंज भन्सार कार्यालयले जनायाे ।
चालु आवको ६ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको छ । ‘गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ।
भने अन्य कपडा जन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएका छन ।
गत आवको ६ महिनामा यो नाका हुँदै रु १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो ।
कार्यालयले चालु आवको ६ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत रु १७ करोड ६६ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।
गत आवको सोही अवधिमा निर्यात गरे वापत भने रु १० करोड ३ लाख ८१ हजार राजस्व सङ्कलन गरेको थियो ।
वीरगंज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडा लगायत रहेका छन् ।
वीरगंज नाका हुँदै चालु आवको ६ महिनामा रु २ खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको छ ।
त्यसैगरी, गत आवको ६ महिनाकै अवधिमा भने रु २ खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो ।
गत आवको तुलनामा चालु आवको सोही अवधिमा आयात पनि छ दशमलव ४५ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया