बीरगंज १३ माघ । बारा प्रहरीको हिरासतबाट एक जना थुनुवा भागेकाे समाचार छ ।
बाराको जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट थुनुवा भागेको बारा प्रहरीले पुष्टि गरेका छन । प्रहरीका अनुसार सिमरा – २ निवासी महेश चौधरी फरार भएका हुन् ।
उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता रहेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जनाए । उनका अनुसार फोहोर फ्याल्न निकाल्दा उनी फरार भएका हुन् ।
फरार चौधरी गएको ९ गते पक्राउ परेको बारा प्रहरीले जानकारी गराए । विशेष टोली परिचालन गरी उनको खोजी कार्य भइरहेको प्रहरीले जनाए ।
प्रतिक्रिया