बीरगंज १४ माघ । सरकारले माघ १६ र १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको समाचार छ।
राजपत्रमा प्रकाशित सूचना अनुसार माघ १६ गते सहिद दिवस र माघ १७ गते सोनम ल्होसारको अवसरमा देशभर बिदा रहने भएकाे छ।
सहिद दिवसका दिन राष्ट्रप्रति जीवन अर्पण गर्ने शहिदहरूको सम्झनामा देशभर श्रद्धाञ्जलि अर्पण गरिने छ । भने सोनम ल्होसारका अवसरमा ल्होपा समुदायले आफ्नो नयाँ वर्ष पर्व मनाउने छन्।
बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार लगायतका प्रमुख सार्वजनिक सेवा प्रदायक संस्थाहरू बन्द रहने छन्।
प्रतिक्रिया