आज बुधवार आईजीपी वसन्त कुँवरले बढुवा भएका वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह लगाउनु भयाे ।
पुस २९ मा बढुवा समितिको सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनीहरूलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेका थिए ।
दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा रमेश थापा, अजय केसी, अनुपम शमशेर जबरा, वीर बहादुर बुढा मगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्ण प्रसाद पङ्गेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्याम कुमार महतो, वेद विष्ट र शिव कुमार श्रेष्ठ छन् ।
त्यस्तै प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, सञ्जय सिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाललाई आईजीपी कुँवरले फुली लगाइदिएका हुन् ।
प्राविधिक समूहतर्फका एसपी र डीएसपीहरुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया