बीरगंज १० माघ। नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा २७ अर्बको खाद्यान्न आयात भएको समाचार छ ।
साउन देखि पुस सम्ममा २७ अर्ब ४८ करोड ४३ लाख २८ हजार रुपैयाँको खाद्यान्न आयात भएको भन्सार विभागले जानकारी गराएकाे छ ।
सो समयावधिमा १ करोड ३६ लाख ५८ हजार रुपैयाँको खाद्यान्न निर्यात पनि भएको छ ।
खाद्यान्नमा नेपालले २७ अर्ब ४७ करोड ०६ लाख ७० हजार रुपैयाँकै व्यापार घाटा बेहोरेको विभागको तथ्यांक रहेकाे छ । सो अवधिमा सरकारले खाद्यान्न आयात गर्दा २ अर्ब ४४ करोड ३० लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालमा भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट धान, चामल, गहुँ, मकै आयात गर्दे आएको छ ।
प्रतिक्रिया