बीरगंज १० माघ । चालु आर्थिक वर्ष २०८१र०८२ को ६ महिनामा ७ हजार ४८ मेट्रिक टन सुन्तला भित्रिएको समाचार छ ।
भन्सार विभागका अनुसार सो परिमाणमा सुन्तला आयात गर्दा ५० करोड ६१ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । यस्तै राज्यले ९ करोड ७५ लाख ०६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालबाट भने १ लाख ८ हजार रुपैयाँ बराबर ४ मेट्रिक टन सुन्तला निर्यात भएको छ ।
नेपालमा तीन महिना ( पुस, माघ र फागुन ) सुन्तलाको सिजन हो । तर सिजनमै सुन्तला आयात भएको सरकारी तथ्याङ्कले देखाउँछ । सुन्तला हाल देशभर २९ हजार हेक्टरमा उत्पादन हुँदै आएको छ ।
प्रतिक्रिया