विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पहिचान मेटाउने गरी संविधान संशोधन हुन्छ भने त्यो संविधान स्वीकार्य हुँदैन ः नेता गच्छेदार

580

 

बीरगंज १ माघ। पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजय कुमार गच्छेदारले संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ। 

थारु राष्ट्रिय माघी महोत्सव–२०८१ तथा थारु संवत् २६४८ को अवसरमा मङ्गलबार काठमाडौँको टुँडिखेलमा आयोजित सांस्कृतिक कार्यक्रमलाई शुभकामना व्यक्त गर्नुहुँदै नेपाली कांग्रेस र नेकपा ( एमाले ) को संयुक्त सरकार गठनको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व र संविधान संशोधन भएको भन्नुहुँदै सो कुरा जनाउनु भयाे।

गच्छेदारले भन्नुभयो, “नेपाली कांग्रेस र नेकपा ( एमाले ) ले संविधान संशोधनको कुरा गर्दै आएका छन्। राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको हो। 

थारु जातिले बुझ्नुपर्छ, यो देशमा राई, गुरुङ, नेवार सबै आदिवासी जनजातिले बुझ्नुपर्छ कि, तपाईंको पहिचान मेटाउने गरी संविधान संशोधन हुन्छ भने त्यो संविधान स्वीकार्य हुँदैन र पहिचान स्थापित गर्छ भने मेचीदेखि महाकालीसम्मको थारुले एकै आवाजमा सहयोग गर्छ।” 

उनले विगतमा आफू सञ्चारमन्त्री हुँदा २०५० सालमा रेडियो नेपालबाट थारु भाषासहित राई, लिम्बु, भोजपुरी, अवधि लगायत विभिन्न ११ वटा भाषामा समाचार प्रसारण हुने व्यवस्था मिलाएको भन्नुहुँदै थारु समुदायका शिक्षित युवाले यो कुरा बुझ्नुपर्नेमा जोड दिए।  

उनले थारु कल्याणकारिणी सभा पूर्खाले स्थापना गरेको संस्था भएकोले यी संस्थाले माघी एकता दिवसको रुपमा मनाउनुपर्ने जनाए।  

यस्तै थारु आयोगका अध्यक्ष सुवोध सिंह थारुले पूर्वदेखि पश्चिमका थारु बस्तीमा परापूर्वकालदेखि माघी पर्व मनाइदै आएको बताए।

उनले भन्नुभयो, “माघी मनाउनुको अर्थ थारु समुदायको आफ्नै संस्कृति, परम्परा संरक्षण तथा सम्वर्द्धन गरी मनाउँदै आएका हौँ। 

विसंगतीलाई छोड्दै जानुपर्छ। भोलिका सन्ततिलाई यो संस्कृति हस्तान्तरण गर्न सकौं। संस्कृति बचाउनुपर्छ, अधिकार पनि स्थापित गर्नुपर्छ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री अरुणकुमार चौधरीले थारु समुदायको माग सम्बोधन हुने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभयो।

थारु कल्याणकारिणी सभा केन्द्रीय समितिका पूर्व अध्यक्ष नरेन्द्रकुमार चौधरीले मुलुक परिवर्तनका विभिन्न आन्दोलनमा थारु समुदायले योगदान गरे पनि उनीहरुको माग अझै सम्बोधन हुन नसकेको गुनासो  गरे। 

फेरि पनि संविधान संशोधनको आवाज उठेका बेला थारु समुदाय एकजुट हुनुपर्ने उनको भनाइ छ।

संविधान सभा सदस्य तथा जनता समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीले थारु समुदायको समस्यासँगै समाधानका कुराहरु पनि उठिरहेको भन्नुहुँदै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो।

कार्यक्रममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनला चौधरी,थारु पत्रकार सङ्घका उपाध्यक्ष सहदेव चौधरी, थारु महिला सभाका केन्द्रीय अध्यक्ष भगवती चौधरी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम तमू, थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरी लगायतका व्यक्तित्वले शुभकामना मन्तव्य व्यक्त गरे। 

कार्यक्रममा विभिन्न जिल्लाका थारु समुदायको मौलिक एवम् सांस्कृतिक नाच तथा झाँकी प्रस्तुत गरेको थियो।   

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide







Name

business,47,crime,20,entertainment,5,health,11,main news,54,news,32,newspaper,9,politics,42,sports,8,tech,5,world,13,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : पहिचान मेटाउने गरी संविधान संशोधन हुन्छ भने त्यो संविधान स्वीकार्य हुँदैन ः नेता गच्छेदार
पहिचान मेटाउने गरी संविधान संशोधन हुन्छ भने त्यो संविधान स्वीकार्य हुँदैन ः नेता गच्छेदार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEja4_KmL3MzmuGEaekWEV2B9FacC7ag4VvcSwd6tCuYqr_5xSnkUYqOXbMTd3FuFviAA_7WxcOgJRHPHjGN9q0pfdvWhDCN2ZpTX7LwjF0aOQZgi3N6vGlKa0efyfufAz0ge7I4vmI-VHF0kn-tyw-t3ye2O5zz62U2fVr5G2Fq48XFrkLZtAEiuRKxpp0/w640-h432/maghi-cover.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEja4_KmL3MzmuGEaekWEV2B9FacC7ag4VvcSwd6tCuYqr_5xSnkUYqOXbMTd3FuFviAA_7WxcOgJRHPHjGN9q0pfdvWhDCN2ZpTX7LwjF0aOQZgi3N6vGlKa0efyfufAz0ge7I4vmI-VHF0kn-tyw-t3ye2O5zz62U2fVr5G2Fq48XFrkLZtAEiuRKxpp0/s72-w640-c-h432/maghi-cover.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/01/blog-post_94.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/01/blog-post_94.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content