बीरगंज १ माघ । पर्सा लगायत मुलुकभरि मङ्गलबार माघे सङ्क्रान्ति हर्षोल्लासक साथ मनाइँदै छ । नेपालमा यो पर्व प्रत्येक वर्ष माघ महिनाको १ गते मनाउने चलन छ ।
माघे सङ्क्रान्तिको दिनदेखि मौसम परिवर्तन भई गर्मी प्रवेश हुनुका साथै सूर्य उत्तरायण हुने भएकाले दिनको समय क्रमिक बढ्ने गरेको छ ।
यस दिन सूर्य मकर राशीमा प्रवेश गरेकोले यसलाई नेपालमा माघे सङ्क्रान्ति भनेर चिनिन्छ । यस दिन विशेष घिउ, चाकु, तिलका परिकार, खिचडी खाने परम्परा रहेको हाे ।
माघे सङ्क्रान्तिको अवसरमा भक्तजनहरु नदीमा स्नान गर्ने परम्परा छ । यस दिनको महत्व विशेषगरी कृषक वर्गका लागि धेरै हुन्छ, यो चिसोको मौसमबाट गर्मीको मौसममा प्रवेश गर्ने सङ्केत रहेको छ ।
यस अवसरमा, आशीर्वाद र सुख – शान्तिको कामना गरेर मित्र तथा परिवारसँग समय बिताउने परम्परा रहेको छ । यस दिन विशेषगरी तिल र गुड़को सेवन गर्ने परम्परा छ जसले शरीरलाई ऊर्जा र सन्तुलन प्रदान गर्ने विश्वास छ ।
धार्मिक दृष्टिले पनि यो पर्व महत्वपूर्ण रहेको छ । विभिन्न मन्दिरहरूमा पूजा – अर्चना र हवन कार्यक्रमहरू आयोजना गरिन्छ ।
साथै कृषि कर्ममा संलग्न किसानहरूकालागि यो समय नयाँ वर्षको आरम्भको रूपमा लिइन्छ,र यसले राम्रो उत्पादन र समृद्धिको शुभकामना दिने दिनको रुपमा मानीने गरीन्छ।
माघे सङ्क्रान्तिको अवसरमा विभिन्न स्थानमा मेलाहरू, मेला आयोजकहरू र सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गर्छन, जसमा लोकगीत, नाच, र भजन कीर्तनको आयोजना गर्ने गर्दछन् । यस पर्वको माध्यमबाट आपसी सद्भाव र भाइचारा पनि प्रवर्द्धन हुने जनविश्वास छ ।
प्रतिक्रिया