बीरगंज २७ माघ। बस पल्टिएर २४ जना यात्रु घाइते भएको दुई घण्टा नबित्दै चितवनमा पुनः मिनी ट्रक दुर्घटना भएको समाचार छ।
आइतबार बिहान ६ ः ३० बजे मिनी ट्रक अनियन्त्रित भएर सडकमै पल्टिन पुगेकाे छ । इच्छाकामना गाउँपालिका वडा नं. ४ लेवाटार नजिकै बर्दियाबाट काठमाडौँ तर्फ खसी र बोका लिएर जान लागेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक पल्टिएको छ।
ट्रकमा रहेका १४३ वटा खसी र बोका मध्ये १९ वटा च्यापिएर मरेको प्रहरीले जनाएकाे छ। दुर्घटनामा मानवीय क्षति भएको छैन।
प्रतिक्रिया