सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

उप प्राध्यापकहरूले तलबभत्ता तथा अन्य सुविधाकाे माग राख्दै विश्वविद्यालयमा तालबन्दी

580

बीरगंज १ फागुन । मधेश कृषि विश्वविद्यालयका आन्दोलनरत उप – प्राध्यापकहरूले राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा बिहीबार तालाबन्दी गरेकाे समाचार छ । 

पछिल्लो ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै राजविराजमा रहेको विश्वविद्यालयको प्रशासनिक भवनमा उपकुलपति डा. वैधनाथ महतोलाई बाहिर निकालेर तालाबन्दी गरेका छन् । 

उपकुलपति, रजिष्ट्रार, प्रशासन शाखा, प्रशासनिक भवनको मूलगेट तथा शैक्षिक भवनमा तालाबन्दी गरिएको छ ।

 विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक तथा कर्मचारीहरूले क्षतिपूर्तिसहित नियमावली अनुसारको तलबभत्ता तथा अन्य सुविधा पाउनुपर्ने माग राख्दै तालबन्दी गरेको उपप्राध्यापक अविनाश कुमार यादवले जनाए ।

चालु आर्थिक वर्षको भदौदेखि हालसम्मको तलबभत्ता नपाएको भन्दै विश्वविद्यालयका सहकुलपति एवं प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीलाई पटक – पटक ज्ञापनपत्र दिँदा पनि कुनै सुनुवाइ नभएकोले चरम आर्थिक सङ्कटका कारण आफूहरू तालाबन्दीमा उत्रिनुपरेको उहाँले बताए ।

विश्वविद्यालयको सभाबाट नीति तथा कार्यक्रम पास हुन नसकेको, लालबाबु राउत नेतृत्वको सरकारले नियुक्त गरेका रजिष्ट्रारबाट वर्तमान सरकारले आर्थिक कारोबार खोजेर छानबिन थालेपछि पछिल्लो समय विश्वविद्यालयको आर्थिक कारोबार बन्द रहँदै आएको हो । जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीबिचको द्वन्द्वका कारण विश्वविद्यालय पछिल्लो समय समस्यामा परेको हो । प्रदेश सरकारले २०७८ साल मङ्सिर २७ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको स्थापना गरेको थियो ।

कृषि, पशु, माछा र खाद्यप्रविधि विज्ञान गरी चार वटा सङ्कायमा पढाइ गर्नेगरी स्थापना भएको विश्वविद्यालयको भवन निर्माणका लागि राजविराज नगरपालिका १२ मा २६ बिघा ८ कट्ठा जग्गा दिएका थिए । 

आर्थिक कारोबार रोकिँदा ठेकेदारको भुक्तानी नभएकाले निर्माण व्यावसायीले भवन निर्माणको कामसमेत ठप्प छ । २०८० माघ ८ गते शिलान्यासका लागि विश्वविद्यालयले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि असन्तुष्ट बनेको जनमत पार्टीले राजविराज ३ स्थित विश्वविद्यालयको कार्यालयमा माघ ७ गते नै तालाबन्दी गरेका थिए । 

शिलान्यास कार्यक्रमका दिन प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरूबिच झडपसमेत भएको थियो । 

सोही प्रकरणमा जनमत पार्टीले मधेश प्रदेश सरकारमा रहेका आफना मन्त्रीहरूलाई फिर्ता बोलाउँदै सरोजकुमार यादव नेतृत्वको तात्कालीन प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए ।

त्यसपछि छानबिन, संसदीय समिती गठनलगायतका कार्यहरु भए पनि विश्वविद्यालयको समस्या समाधान हुन सकेको छैन । 

विश्वविद्यालयमा अहिले चार वर्षे कृषि स्नातकमा अध्ययनरत एक सय जना विद्यार्थी छन् । शैक्षिक सत्र ०८१ / ८२ मा ५० जना विद्यार्थी भर्ना आह्वान गरिएकोमा १ सय १० जनाले आवेदन दिएकाे थियाे । 

तर रकम अभावमा परीक्षा लिन नसकेपछि भर्ना प्रक्रिया नै रोकिएको भन्दै आएको छ ।

प्राध्यापकहरूले गरेको तालाबन्दीका कारण कृषि विद्यालयमा अध्ययनरत विद्यार्थी तथा विश्वविद्यालयको अवस्था अनिश्चित बनेको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : उप प्राध्यापकहरूले तलबभत्ता तथा अन्य सुविधाकाे माग राख्दै विश्वविद्यालयमा तालबन्दी
उप प्राध्यापकहरूले तलबभत्ता तथा अन्य सुविधाकाे माग राख्दै विश्वविद्यालयमा तालबन्दी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj2W2pLt8j5iwDX4Kx47RwSX-KPhXY8ITzWlxKpA94YVDmJv4S6dsWZoKq8EmqFx_ioQHbk06ytaEL_yLBFloMW-LnGBZ6dcjDEpfAUb4RcvxJ-wBIOwtWvIlaSDYlsBD7XHaPqnCVVD_p7Dzuh_OSbM-syjQLm42TqCM3l_RQ-elzWUhdd6BIBb3NijJA/w640-h320/talabandi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj2W2pLt8j5iwDX4Kx47RwSX-KPhXY8ITzWlxKpA94YVDmJv4S6dsWZoKq8EmqFx_ioQHbk06ytaEL_yLBFloMW-LnGBZ6dcjDEpfAUb4RcvxJ-wBIOwtWvIlaSDYlsBD7XHaPqnCVVD_p7Dzuh_OSbM-syjQLm42TqCM3l_RQ-elzWUhdd6BIBb3NijJA/s72-w640-c-h320/talabandi.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_17.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_17.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content