बीरगंज १ फागुन । मधेश सरकारको निर्देशनलाई अटेर गर्ने जनकपुरका एक निजी अवैध अस्पतालका सञ्चालक पक्राउ गरेकाे समाचार छ ।
गत शनिबार मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरका २० वटा अस्पतालको छड्के अनुगमन गरेकाे थियाे ।
अनुगमनका क्रममा दर्ता नरहेका अस्पतालहरूलाई आइतबार सम्म बन्द गरेर साँचो सरकारलाई बुझाउन निर्देशन दिएका थिए ।
तर, दर्ता नरहेको जनकपुर मोडर्न हस्पिटलले निर्देशनको अवज्ञा गर्दै सञ्चालन जारी राखेपछि सञ्चालक राम भरोस महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
मुख्यमन्त्री सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहको टोली पुनः अनुगमनमा पुगेपछि सो अस्पताल बन्द नगरेको पाइएको थियो ।
अनुगमन टोलीमा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन टोलीले मोडर्न हस्पिटलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडी बढाउने समितिले जनायाे ।
प्रतिक्रिया