सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

सरकारले चालु आर्थिक बर्षकाे ६ महिनामा ८० अर्ब राजस्व छुट

580

 

बीरगंज १ फागुन । सरकारले चालु आर्थिक वर्ष २०८१ / ८२ पहिलो ६ महिना अवधिमा झन्डै ८० अर्ब रुपैयाँ बराबर राजस्व छुट दिएको समाचार छ ।

सरकारले आयातमा ४० अर्ब ७६ करोड रुपैयाँ बराबर राजस्व छुट दिएको छ । भने आर्थिक ऐन २०८१ बमोजिम कर राजस्वमा ३९ अर्ब २ करोड ९५ लाख बराबर छुट दिएको छ ।

यसरी आन्तरिक राजस्व र आयातमा गरी कुल ७९ अर्ब ७९ करोड ६८ लाख राजस्व छुट दिइएको अर्थ मन्त्रालयको तथ्यांकमा देखिन्छ ।

एकातर्फ महालेखा परीक्षकको कार्यालय सहित निकायले सरकारले यसरी दिने राजस्व छुट पारदर्शी नभएको भन्दै प्रश्न उठाइरहेका छन् भने अर्कातर्फ सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन ।

तर, बजेटमै विभिन्न छुट अफर राखेर सरकारले ६ महिनामै झन्डै ८० अर्ब रुपैयाँ बराबर राजस्व छुट दिएको अर्थ मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयका अनुसार यसबीच मूल्य अभिवृद्धि कर ( भ्याट ) तथा भन्सार महसुल छुट दिइएको छ । पुस मसान्तसम्म आयात भएको ४ खर्ब २१ अर्ब ९ करोड ७० लाख बराबर वस्तुमा ४० अर्ब ७६ करोड ७३ लाख राजस्व छुट दिइएको अर्थले जनायाे ।

अर्थ मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा ५ ९३० तथा अनुसूची १ का वस्तु आयातमा कर छुट दिने गरिएको छ । यस्ता वस्तु ६ महिनामा १ खर्ब ३८ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ बराबर आयात भएको छ ।

जसमा लाग्ने १८ अर्ब ९२ करोड रुपैयाँ बराबर राजस्व छुट दिइएको मन्त्रालयले जनाएको छ । यस ऐनको अनुसूचीमा आधारभूत कृषि उत्पादन सूची राखिएको छ ।

यसैगरी आधारभूत आवश्यकताका वस्तु सूचीसमेत राखिएको छ । जसमा नुन देखि दाउरा सम्म सूची छ । तेस्रो समूहमा जीवजन्तु तथा त्यसका उपज छ । चौथो समूहमा कृषि सामग्री छ । पाँचौ समूहमा औषधि उपचार तथा स्वास्थ्य सेवा छन् ।

त्यस्तै छैटौं समूहमा शिक्षा र सातौं समूहमा किताब, अखबार र मुद्रित सामग्री समेत राजस्व छुट हुने समूहमा छन् । यसैगरी कलात्मक तथा कालिगढी सेवा, यात्रुवाहक यातायात र ढुवानी सेवा, व्यावसायिक वा पेसागत सेवामा समेत सरकारले कर छुट दिएको छ ।

यसैगरी भन्सार ऐन २०६४ को दफा ९ बमोजिम सरकारले ६ महिनामा ३ अर्ब ९ करोड ५९ लाख बराबर वस्तु आयातमा ८१ करोड ८९ लाख राजस्व छुट दिएको छ । यस ऐन अनुसार कूटनीतिक सुविधा अन्तर्गत पैठारी हुने मालवस्तुमा राजस्व छुट दिने प्रावधान छ । यसैगरी महसुल सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा समेत छुट दिने नियम उक्त दफामा छ ।

उता, आर्थिक ऐन २०८१ को दफा १८ ९२० अनुसार सरकारले ६ महिनामा ३ अर्ब १५ करोड ३६ लाख रुपैयाँ बराबर वस्तु आयातमा ९२ करोड ८२ लाख राजस्व छुट दिएको छ ।

आर्थिक ऐन २०८१ बमोजिम विभिन्न अफरमा ६ महिना अवधिमा सरकारले ३९ अर्ब २ करोड ९५ लाख कर राजस्व छुट दिएको छ ।

यो दफा अनुसार मुनाफा रहित सामाजिक तथा सामुदायिक संस्था, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय निकायका संस्थाले पैठारी गर्ने मालवस्तुमा राजस्व छुट दिने प्रावधान छ ।

सोही ऐनको दफा १८ (३) बमोजिम यस अवधिमा १५ अर्ब ११ लाख रुपैयाँको वस्तु आयातमा १ अर्ब ९४ करोड ९६ लाख राजस्व छुट दिइएको छ ।

सोही दफा अनुसार नेपाल सरकार वा लगानी बोर्डसँग भएको आयोजना विकास सम्झौता बमोजिम परियोजना विकासका लागि आयोजना वा आयोजनाले नियुक्त गरेका ठेकेदारका नाममा पैठारी भएका मालवस्तुमा राजस्व छुट दिने प्रावधान छ ।

भन्सार महसुल ऐन २०८१ को दफा ११ बमोजिम ६ महिनामा ४० अर्ब २० करोड रुपैयाँ बराबर वस्तुमा २ अर्ब ७२ करोड रुपैयाँ राजस्व छुट दिइएको छ । यो साफ्टा सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा दिइएको छुट सुविधा हो ।

उता, भन्सार महसुल ऐन २०८१ का विभिन्न दफा प्रयोग गरी सरकारले २ खर्ब २१ अर्ब २६ करोड ९१ लाख बराबर वस्तु आयात गर्दा १५ अर्ब ४२ करोड ९६ लाख बराबर राजस्व छुट दिएको छ । यसरी कुल ४ खर्ब २१ अर्बको वस्तु आयात गर्दा सरकारले ४० अर्ब ७६ करोड रुपैयाँ बराबर छुट दिएको तथ्यांकमा देखिएको छ ।

त्यस्तै आर्थिक ऐन २०८१ बमोजिम विभिन्न अफरमा ६ महिना अवधिमा सरकारले ३९ अर्ब २ करोड ९५ लाख कर राजस्व छुट दिएको छ ।

यसबीच कुल ९ हजार ३१ करदाताले यो छुट पाएको मन्त्रालयको तथ्यांक छ । यस वर्ष ६ महिनामा सबैभन्दा धेरै सोही ऐनको दफा २६ बमोजिम ढुवानी सेवा कारोबार गर्ने व्यक्तिलाई भ्याट छुट दिइएको छ । यस्तो छुट १ सय ५१ करदाताले पाएका छन् । जसको छुट रकम ३१ अर्ब ७५ करोड ६० लाख रुपैयाँ बराबर छ ।

सोही ऐनको दफा २४ बमोजिम भ्याट विवरण पेस नगरेका करदाताले उक्त विवरण पेस गरेबापत ६ अर्ब २१ करोड ८० लाख रुपैयाँ कर राजस्व छुट पाएका छन् ।

आय विवरण बुझाउन बाँकी करदातालाई आय विवरण बुझाएमा प्रदान गरिएको छुट ८६ करोड २८ लाख छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : सरकारले चालु आर्थिक बर्षकाे ६ महिनामा ८० अर्ब राजस्व छुट
सरकारले चालु आर्थिक बर्षकाे ६ महिनामा ८० अर्ब राजस्व छुट
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEheMYEYTV8sjWIQxKGKis4d-tKxuOCW8NvvimDgpZA3Hw-9sErEVoPSKxONz0YPAl6uH8BBtcLlbBcv85fL8dimqmCR0Fpy5c5J8LRaXuXIFwnR3VCL-huwqvGh3Reh0dKbKkVUXI5PehNk_Da4KHvxSfO60fon76SPDYV_B9P3jzuRzrwHB2B1_yF98l4/w640-h406/Ministry-of-Finance-1024x651.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEheMYEYTV8sjWIQxKGKis4d-tKxuOCW8NvvimDgpZA3Hw-9sErEVoPSKxONz0YPAl6uH8BBtcLlbBcv85fL8dimqmCR0Fpy5c5J8LRaXuXIFwnR3VCL-huwqvGh3Reh0dKbKkVUXI5PehNk_Da4KHvxSfO60fon76SPDYV_B9P3jzuRzrwHB2B1_yF98l4/s72-w640-c-h406/Ministry-of-Finance-1024x651.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_68.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_68.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content