कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका वडा नं. ६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् ।
एकै वर्षको आम्दानीले तीन वर्ष सम्मका लागि धान किन्न सकिने भन्दै स्थानीय किसानहरूले यहाँका किसान व्यावसायिक रूपमा सुर्तीखेती गर्न थालेको जनाए ।
स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामको रु एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ ।
सुर्तीखेतीमा रमाएका किसानले मेहनत र लगानी अनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका वडा नं. ६ का धेरैजसो किसानले सुर्तीखेती गरेका छन। गाउँका ४० प्रतिशत खेतबारीमा सुर्तीखेती हुने गरेको छ ।
उक्त वडाको ५० बिघा बढी जग्गामा सुर्तीखेती भएको छ । उक्त वडाका ५० बढी परिवार सुर्तीखेतीमा व्यस्त छन् ।
सुर्ती बिडी र चुरोट बनाउन भारतका व्यापारीले किन्ने गरेका छन् । एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम रु दुई लाख आम्दानी गर्न सकिने छ ।
प्रतिक्रिया