बीरगंज २ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको समाचार छ ।
अज्ञात व्यक्तिले गएराति करिब ११ः३० बजे गाडीमा तोडफोड गरेका छन् ।
अध्यक्ष यादवका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ । भने दायाँ साइडको सिसा फुटेको छ ।
रोहिणी वडा नं. ३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको गाडीमा तोडफोड भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाको अनुसन्धान सुरु गरेको खबर छ।
प्रतिक्रिया