बीरगंज २ फागुन । पर्साकाे ग्रामीण भेगका सेवाग्राहीलाई ध्यानमा राखेर पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय यही फागुन १२ गतेदेखि सञ्चालन गरीने भएको छ ।
सङ्घीय मन्त्रिपरिषद्को गत पुस ९ गतेको निर्णयअनुसार दुवै कार्यालय उक्त दिनदेखि सञ्चालन हुने नापी कार्यालयका प्रमुख राकेश कुमार झाले जनाए ।
उहाँले भने, ‘पर्साका सात वटा पालिकाका सेवाग्राहीलाई लक्षित गरेर कार्यालयको सेवा विस्तार गर्न लागेका हौँ । अब सेवाका निम्ति वीरगंज धाउनुपर्ने बाध्यताको अन्त्य हुने वहाँले बताए ।’
कार्यालय सञ्चालन भएपछि पोखरिया नगरपालिका, विन्दबासिनी, कालिकामाई, धोबिनी, छिपहरमाई जगरनाथपुर, पकहाँमैनपुर गाउँपालिका सेवाग्राही लाभान्वित हुने जानकारी गराए ।
प्रतिक्रिया