वीरगंज, २ फागुन । वीरगंज महानगरपालिका वडा नं. १६ चालिस फिटे सडकखण्डमा आज बिहान अस्थायी प्रहरी पोष्ट इनर्वाले चेकजाँच गर्ने क्रममा साढे ११ किलो चरेससहित एकजना व्यक्तिलाई पक्राउ गरेको समाचार छ ।
सर्लाही जिल्लाको विष्णु गाउँपालिका वडा नं. ४ मधुवन गोठ बस्ने वर्ष ४५ को सुधीर कर्णले बोकेको रातो रंगको डब्बा (ग्यालेन) माथि खाने घ्यू राखी रातो प्लाष्टिकका स-साना पोकामा उक्त चरेस लुकाइ राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी गराएका छन् ।
पक्राउ परेका कर्णलाई लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया