बीरगंज २२ माघ । रौतहटको चन्द्र निगाहपुरबाट लागुऔषध खैरो हेरोइन सहित एक जनालाइ प्रहरी पक्राउ गरेकाे समाचार छ।
चन्द्रपुर नगरपालिका वडा नं. ४ का ३१ वर्षीय सागर श्रेष्ठ लागुऔषध खैरो हेरोइन सहित पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जनाए ।
उनीमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी आइतबार जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीले बताए।
शनिवार दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट गएको टोलीले चन्द्रपुर ४ चिडियादल टोलबाट उनलाई पक्राउ गरेको थियो। भने उनको साथबाट डेढ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनायाे ।
प्रतिक्रिया