बीरगंज २२ माघ । तस्कर र सिमा नाकामा तैनाथ रहेका सशस्त्र प्रहरी, जनपथ प्रहरीको मिलोमतोमा मध्यरातमा भारतबाट भारतिय बिभिन्न् माल समानहरू दिनुहुँ भन्सार चोरी गरी नेपाल भित्र्याउने कार्य गरिदै आउने क्रममा पर्सा प्रहरीले लाखौंको भन्सार छलीका माल सामानहरू बरामद गरेको समाचार छ।
पर्सा जिल्लाको विभिन्न स्थानबाट मंगलबार प्रहरीले ५६ लाख ४६ हजार ४२९ रुपैयाँ बराबरको सामान बरामद गरेका छन।
जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, इलाका प्रहरी कार्यालय लंगडी र प्रहरी चौकी सिर्सियाको टोलीले एक दिनमा उक्त परिमाणको सामान बरामद गरेको छ।
इलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सुर्ती, चप्पल लगायतका मालसमान प्रहरीले बरामद गरेका छन्। तीन वटा ट्याक्टरमा लोड गरेर ल्याइएको उक्त सामान भन्सार कार्यालयमा बुझाइएको छ।
प्रतिक्रिया