विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

सरकारमा रहेका पाँच मधेशी दल सरकार विरोधी मोर्चामा

580

 

बीरगंज २० माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा रहेका पाँच दल सरकार विरोधी मोर्चामा सामेल भएकाे समाचार छ । 

ओली नेतृत्वको सरकारले संविधान संशोधनकालागि अनौपचारिक पहल थालेपछि उनीहरू सरकार विरोधी मोर्चामा सामेल भएकाे हाे।

डा. सीके राउत नेतृत्व जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी ओली नेतृत्वको संघ सरकार र प्रदेशमा गठबन्धन सरकारमा सहभागी रहेकाे छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ( जसपा ) नेपालले सरकारलाई समर्थन गरेको छ । 

तर, यी पार्टी सरकार संविधान संशोधनको अनौपचारिक पहल कदममा लागेपछि सरकार विरुद्ध बनेको मधेशवादी दलहरूको मोर्चामा सामेल भएका छन् ।

संविधान संशोधन गर्ने मुख्य एजेण्डासहित निर्माण भएको कांग्रेस एमाले गठबन्धनले सहमति अनुरुपको काम गर्ने तयारी भइरहेको सार्वजनिक धारणा नेताहरूले व्यक्त गर्न थालेपछि मधेसकेन्द्रित यी दलहरू संविधान संशोधनको विपक्षमा बनेको मोर्चामा सहभागी भएकाे छ ।

कांग्रेस एमालेबीच थ्रेस होल्ड बढाउने र निर्वाचन प्रणाली नै पुनरावलोकन गर्ने सहमति छ । उनीहरूबीच समानुपातिक निर्वाचन प्रणाली हटाउनेबारे पनि कुराकानी भइराखेका छन ।

१७ असारमा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको विषय उल्लेख छ । त्यही सहमति अनुसार ओली नेतृत्वमा ३० असारमा सरकार बनेको थियो । सरकारमा साना ५ दल पनि मिसिएका थिए ।

मधेशकेन्द्रित दलहरू यो मोर्चा सरकार विरोध गर्न नभई संविधान संशोधनमा सरकारलाई सामूहिक रूपमा सुझाव दिन बनाइएको जनाए । जसपा नेपालका एक नेताले भने, ‘संविधान संशोधनमा सुझाव दिन मोर्चा बनाएका थिएं । 

सरकारको विरुद्धमा माेर्चा बनाएका हैनौँ । संविधान संशोधनमा हाम्रा माग समेटिउन भनेर एकीकृत सुझाव दिएर समावेश गर्न दबाब दिने हाम्रो उद्देश्य हो ।’

तर, सरकारको नेतृत्वकर्ता दलहरू एमाले र कांग्रेस भने उनीहरूको मोर्चा देखेर तर्सिएका छन् । घोषित रूपमै सरकार विरोधी मोर्चा बनाएपछि सरकारमा बस्न नमिल्ने अनौपचारिक सन्देश कांग्रेस एमालेका नेताहरूले मधेशवादी दलका नेताहरूलाई पठाएका छन् । 

कांग्रेसका एक नेताले भने, ‘हामीले कि सरकारमा बस्नुस्, कि मोर्चामा बस्नुस् भनेका छौँ । उहाँहरू के रोज्नुहुन्छ ।’मधेस केन्द्रित दलहरू मोर्चाबन्दी के का लागि हो भने आधिकारिक धारणा बाहिर आएको छैन ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनकालागि सबै दलसँग सल्लाह गरिने सार्वजनिक रूपमा नै बताइ सकेका छन् । त्यसैले मोर्चाबन्दी गर्न आवश्यक नरहेको एमाले नेताहरू तर्क गर्छन । मोर्चाबन्दीबारे औपचारिक प्रतिक्रिया दिन आवश्यक नरहेको एमाले नेताहरू भनाइ छ ।



प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide







Name

business,47,crime,20,entertainment,5,health,11,main news,54,news,32,newspaper,9,politics,42,sports,8,tech,5,world,13,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : सरकारमा रहेका पाँच मधेशी दल सरकार विरोधी मोर्चामा
सरकारमा रहेका पाँच मधेशी दल सरकार विरोधी मोर्चामा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhbUYQyHZA1NPhTUf3V3kMYi7AEOr2zQaSM7vCzmGaivokRXcsrvQtIOinVDOiDjBtOioZaFaX2zRNv3z_s7qKQ5-1ejrgx3_U_Rf2erLfb_o3ms_WrMrLpZsq_8sJM-jDy43Sm4OvNPYBRl8bzdvnd24xfWI13xqJpAH96-WR64o4ua4sfFjkWWE-hkUs/s16000/madheshbadi-dal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhbUYQyHZA1NPhTUf3V3kMYi7AEOr2zQaSM7vCzmGaivokRXcsrvQtIOinVDOiDjBtOioZaFaX2zRNv3z_s7qKQ5-1ejrgx3_U_Rf2erLfb_o3ms_WrMrLpZsq_8sJM-jDy43Sm4OvNPYBRl8bzdvnd24xfWI13xqJpAH96-WR64o4ua4sfFjkWWE-hkUs/s72-c/madheshbadi-dal.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_4.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_4.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content