बीरगंज १९ माघ । नेपाल प्रहरीको नायब उपरीक्षक अर्थात डिएसपी भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा एकजनालाइ प्रहरीले पक्राउ गरेकाे समाचार छ।
सिरहाको लाहान नगरपालिका वडा नं. २० का ३० वर्षीय दिपक भनिने धनिकलाल साह रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जनाए।
उनलाई तीन दिनअघि धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ पोर्ताहबाट पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले बताए।
प्रहरी निरीक्षक यादवका अनुसार पक्राउ परेका साह आफूलाई कतै नेपाल प्रहरीका डिएसपी त कतै घुमुवा प्रहरी भनेर सर्वसाधारणलाई गठी गर्दै आएका थिए।
५० हजार रुपैयाँ ठगी गरेको भन्ने जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि ठगी मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको खबर छ।
प्रतिक्रिया