बीरगंज ११ फागुन। कपिलवस्तुको कृष्णनगर नगरपालिका –२ बाट प्रहरीले १४ केजी ७७४ ग्राम चरेससहित ३ जनालाई पक्राउ गरेको समाचार छ ।
नेपालाबाट भारत लैजान लागेको अवस्थामा लागुऔषध चरेस बरामद गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले जनाए ।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका ६६ वर्षीय शुकलाल घर्ती, रोल्पाको थवाङ गाउँपालिका घर भएका ४९ वर्षीया प्रेमसरी रोका, रुकुमपूर्व भूमे गाउँपालिका घर भएकी २६ वर्षीया सरिता पुन रहेकी छिन् । भने आरोपीहरूबारे इलाका प्रहरी कार्यालय कृष्णनगरले अनुसन्धान गरिरहेको खबर छ ।
प्रतिक्रिया