सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

मधेश प्रदेशकाे जिल्लामा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य

580

 
बीरगंज १२ फागुन। मधेश प्रदेशकाे जिल्लामा एकातिर भुस्याह छाडा कुकुरकाे संख्य बढ्दै जानु र अर्काेतिर जिल्लाकाे विभिन्न स्थानीय तहमा रेबिज विरुद्धको भ्याक्सिनको चरम अभाव देखिनुले समस्या बढ्दै जानु पनि हाे ।

सरकारी अस्पतालहरूमा भ्याक्सिन नपाउँदा सर्वसाधारण महँगो शुल्क तिरेर निजी क्लिनिक जान बाध्य भएका छन्। जनस्वास्थ्यका लागि अनिवार्य मानिने यो भ्याक्सिन समयमै उपलब्ध नभएकाले ग्रामीण भेगका सर्वसाधारण बढी मारमा परेका छन्।

सर्लाही जिल्लाकाे बरहथवा नगरपालिका १४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई फागुन १ गते छाडा कुकुरले टोकेपछि तत्काल बरहथवा नगर अस्पताल पुर्‍याइयो। 

तर, अस्पतालमा भ्याक्सिन अभावका कारण उनलाई त्यत्तिकै फर्काइयो। त्यसपछि उनले निजी क्लिनिकमा ६५० रुपैयाँ तिरेर भ्याक्सिन लगाए। तीन - तीन दिनको अन्तरमा तीन मात्रा लगाउनुपर्ने नियम भए पनि दोस्रो मात्रा लगाउन पुनः नगर अस्पताल जाँदा औषधि नभएको भन्दै फर्काइयो। उनलाई फेरि निजी क्लिनिक जानुपर्‍यो। अन्तिम मात्रा भने उनले नगर अस्पतालमै पाए।

सरकारी अस्पतालले २०० रुपैयाँमा दिने भ्याक्सिन निजी क्लिनिकबाट ६५० तिर्नुपर्दा निकै महँगो भयो, उहाँले भने।

गोडैता नगरपालिका- ५, सिसौटियाकी ४५ वर्षीया जोगनी देवीलाई फागुन ३ गते खेतमा स्यालले टोकेपछि परिवारले प्राथमिक स्वास्थ्य केन्द्र गोडैता लगे। 

तर, केन्द्रमा भ्याक्सिन नभएकाले चिकित्सकले १० दिनसम्म टोक्ने जनावरको निगरानी गर्न सल्लाह दिए। 

यदि जनावर मरेमा मात्र सुई लगाउन आउन भनियो। तर, जनावर भागेपछि उनलाई बाध्य भएर निजी क्लिनिकमा महँगो शुल्क तिरेर भ्याक्सिन लगाउनुपर्‍यो।

स्थानीय रामनरेश राय भन्छन्, कुकुर, स्यालजस्ता जनावरले खेतमा काम गर्दा, बाटो हिँड्दा टोकेर भाग्छन्। चिकित्सकले १० दिनसम्म जनावरको निगरानी गर्न भन्छन्, तर यस्तो अवस्थामा कसरी सम्भव हुन्छरु यसले गर्दा धेरै बिरामीले भ्याक्सिन लगाउन पाएका छैनन्।

सर्लाहीका सरकारी स्वास्थ्य संस्थाहरूमा रेबिज भ्याक्सिनको अभाव निरन्तर देखिंदै आएको छ। 

बरहथवा नगर अस्पताल, ईश्वरपुर, लालबन्दी, हरिवन, बलरा, र मलंगवाको प्रादेशिक अस्पताललगायतका केन्द्रहरूमा भ्याक्सिन आउने भए पनि धेरैजसो समय पर्याप्त नहुने गुनासो छ।

प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशोर झाले भने, हामीलाई महिनाको लागि ३०० भाइल भ्याक्सिन आवश्यक पर्छ, तर कहिलेकाहीँ  १५ दिनलाई पनि नपुग्ने गरी औषधि आउँछ। माग फारम पठाउँछौँ, तर भ्याक्सिन आइपुग्न १५ – २० दिनसम्म लाग्छ।

बरहथवा नगर अस्पताल प्रमुख नागेन्द्र साहका अनुसार, पहिले पर्याप्त कोटा आउँथ्यो, तर अहिले मधेस प्रदेश मातहतमा गएपछि महिनाको मात्र ६० भाइल प्राप्त हुन्छ। यो एक हप्तामै सकिन्छ।

हरिवन नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीका अनुसार, ुगत माघमा ४० भाइल मात्र भ्याक्सिन आयो, जुन १० दिनमै सकियो। फागुन महिनाका लागि २० गते औषधि आउने तालिका छ, तर अहिले बिरामीहरूलाई अन्यत्र जान भनिरहेका छौँ।

पर्सा, बारा, राैतहट, सर्लाही लगायतका जिल्ला सरकारी अस्पतालहरूमा भ्याक्सिन अभाव भएपछि बिरामीहरू निजी क्लिनिक जान बाध्य छन्। 

सरकारी अस्पतालमा २०० रुपैयाँमा उपलब्ध हुने भ्याक्सिन निजी क्लिनिकमा ६५० रुपैयाँसम्म पर्न थालेपछि विपन्न वर्गका लागि झनै समस्या भएको छ।

नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी भन्छन्, जिल्लामा मासिक ६०० भाइल मात्र भ्याक्सिन आउँछ, तर आवश्यकताको एक तिहाइ मात्र हो। 

जसका कारण विपन्न वर्ग सबैभन्दा  सर्लाहीका सरकारी अस्पतालहरूले रेबिज भ्याक्सिनको आपूर्ति व्यवस्था सुधार्न सरकारसँग माग गरेका छन्। 

तर, हालसम्म समाधान नआएकाले सर्वसाधारणले महँगो शुल्क तिरेर निजी क्लिनिक धाउन बाध्य भएका छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : मधेश प्रदेशकाे जिल्लामा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
मधेश प्रदेशकाे जिल्लामा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjpjXGZHX7ICt29fpRyY9Ylx8j7mdMiBCkATxy5-23nYs20Hno-GDydSc23lh4afX-labjkQGRRWWdcf-3ZyotFErFOM_WG9112yJTaPorMSp2Hms0kU6ykE3_1ri1fXSL-ZRFTBte8PE3_WVuaoRYyl-h9tKWNG9tRk_66PuLHA5f5LoTpXAt1pJJTdpg/w640-h364/rabies-vaxin_20190823010846_eQcY4Gwi5R.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjpjXGZHX7ICt29fpRyY9Ylx8j7mdMiBCkATxy5-23nYs20Hno-GDydSc23lh4afX-labjkQGRRWWdcf-3ZyotFErFOM_WG9112yJTaPorMSp2Hms0kU6ykE3_1ri1fXSL-ZRFTBte8PE3_WVuaoRYyl-h9tKWNG9tRk_66PuLHA5f5LoTpXAt1pJJTdpg/s72-w640-c-h364/rabies-vaxin_20190823010846_eQcY4Gwi5R.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_41.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_41.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content