बीरगंज १२ फागुन। महाशिवरात्रिको नजिकिएसँगै छिमेकी मुलुक भारत सँगै नेपालका विभिन्न ठाउँबाट नागाबाबा काठमाडौँ जान थालेकाे समाचार छ ।
सोही अवसरमा आज नागा बाबाहरू जन्तीसहित काठमाडौँ पुगेर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका छन् ।
जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पदा सूचीमा समावेश भएको पशुपति मन्दिरमा चार थरीका सम्प्रदायका बाबाहरू जाने गर्छन् ।
अहिले महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्तजनहरूको संख्यामा वृद्धि भएको खबर छ ।
पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिका लागि व्यवस्थापनलाई तीव्रता दिएको समाचार छ ।
प्रतिक्रिया